arrow

वन्चरो प्रहार गरी आफन्तको हत्या

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
panchthar-district.png

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ साब्राङमा शुक्रबार विहान एक ब्यक्तिको हत्या भएको छ । मृत्यु हुनेमा फिदिम १ वस्ने ६४ वर्षिय भिम बहादुर केरुङ रहेका छन् ।

हत्यामा संलग्न सोही ठाउँ वस्ने २८ वर्षिय चन्द्रे भन्ने बिनय नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वन्चरो प्रहारी गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलका अनुसार उनीहरु वीच नाता सम्वन्ध पर्ने र जग्गाको विवादको विषयलाई लिएर हत्या गरिएको हुन सक्ने वताइएको छ । मृतक केरुङको पोष्टमाटमका लागि जिल्ला अस्पताल पाँचथर राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ