arrow

आमिर र अमिताभको चलचित्र 'ठग्स अफ हिंदुस्तान'को सुटिङ रद्द

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
thugs-of-hindostan.jpg

एजेन्सी । आमिर खान र अमिताभ बच्चनको आगामि चलचित्र 'ठग्स अफ हिन्दुस्तान' को सुटिङ सुरु भएसँगै रोकिएको छ ।  मुम्बईमा मनसुन सुरु भएकाले चलचित्रको सुटिङ रोक्नु परेको हो ।  

भारतिय सञ्चारमाध्यमका अनुसार चलचित्रको सुटिङ मालडमा भइरहेको थियो । पानी पर्न सुरु भएपछि सुटिङ सेट बन्द गर्नु पर्‍यो । सन् २०१८ को दिपावालीमा  रिलीज हुने आमिरको यो चलचित्र पात्र र कथाका कारण चर्चामा रहेको छ ।

 चलचित्र चार लुटेरा आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र  कट्रिना कैफ रहेका छन् । चलचित्र यशराज फिल्मसको ब्यानरमा अहिलेसम्म कै ठूलो बजेटमा बन्दै गरेको बताइएको छ ।

 'ठग्स अफ हिन्दुस्तान' आमिर, कट्रिना र विजय कृष्ण आचार्यको  दोस्रो सँगै काम गरेको चलचित्रहो । उनीहरुले यो भन्दा पहिले 'धूम थ्री' मा सँगै काम गरेका थिए ।   चलचित्रमा विजय कृष्ण आचार्य निर्देशक रहेका छन् ।   

चलचित्रमा आमिर र अमिताभ बच्चन भने  पहिलो पटक काम गर्दैछन् । त्यस्तै कट्रिना र अमिताभ बच्चन 'सरकार' र 'बूम' मा सँगै काम गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ