arrow

नेपाली भाषाको महत्व र किसानको शक्ति नबुझ्दा भारतमा झमेलै-झमेला 

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
18950993_1904190926469179_5746749706681777228_n.jpg

काठमाडौं । भारतमा पछिल्लो केही दिनमा दुई प्रदेश निकै अशान्त बनेको छ । भित्री रुपमा हुने असन्तुष्टिलाई चिरेर राज्यले आन्दोलनकारीको ज्यान लिने र आन्दोलन दबाउन खोज्ने प्रयासका कारण भारतको पश्चिम वंगाल र मध्येप्रदेश अशान्त बनेको हो । 

पश्चिम बंगाल अहिले नेपाली भाषाको पहिचानको लागि लडिरहेको छ । एक सय वर्ष भन्दा पुरानो इतिहास बोकेको नेपाली भाषालाई विस्थापित गर्ने गरी पश्चिम बंगाल सरकारले ल्याएको वंगाली भाषाको अनिवार्य शिक्षाका कारण अहिले नेपाली भाषीहरुको आन्दोलन नियन्त्रण बाहिर गएको छ र त्यहाँ सेना परिचालन गरिएको छ । यसैबीच यही निर्णयको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले गरेको शुक्रबारको दार्जिलिङ बन्दको कारण त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको दबाबमा पश्चिम बंगालभरी नै बंगाली भाषा अनिवार्य बनाईँदा सय वर्ष बढीको इतिहास बोकेको नेपाली भाषाको अस्तित्व नामेट हुँने भन्दै नेपालीभाषीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनकारीहरुले सो बाध्यकारी व्यवस्थाले नेपालीभाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको आरोप लगाएका छन् । 

यसअघि मोर्चाले प्रतिवाद जुलुससहितका कार्यक्रम आयोजना गरेको थियो । विहीबार दार्जिलिङमा भएको राज्य सरकारको क्याविनेट बैठक बाहिर मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।

उता, मध्ये प्रदेशमा पनि त्यस्तै आन्दोलन चलिरहेको छ । किसानहरुको आन्दोलनमा सरकारले हस्तक्षेप गरेर पाँच जनाको ज्यान लिएपछि पश्चिम मध्यप्रदेशको मन्दसर जिल्लामा अहिले पनि तनाव जारी छ । मुख्यमन्त्री शिवराज सिंह शान्तिको अपिल गरिरहेका छन् भने किसानहरु उनलाई नै घेर्ने बाटो खोजीरहेका छन् । यसरी किसानको शक्ति र नेपाली भाषाको अस्तित्वलाई नबुझ्दा भारतका यी दुई प्रान्तमा आगो बलिरहेको छ । 

मुख्यमन्त्री सिंहले साँझ ७ बजेमात्रै किसानहरुसँग सीधा वार्ता गर्ने बताएका छन् । उनले शान्ति बहाली नहुन्ज्याल उपबास बस्ने निर्णय पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ