arrow

कतारमा नेपालीलाई कुनै समस्या छैन

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
qatar.jpg.jpeg

काठमाडौं । खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् ।

‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरुले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) बीच यस्ता समस्या यसअघि पनि आएको र समाधान भएको उदाहरण छन् । त्यसैले हतारिन हुँदैन । हामी अध्ययनमा नै छौं ।’

समस्या समाधान गर्न खाडी मुलुकबीच आन्तरिक रुपमा पहल भइरहेको पनि परराष्ट्रलाई जानकारी दिइएको छ ।

‘जीसीसीको आन्तरिक समस्याले तत्काल विदेशी नागरिकलाई त्यहाँ कुनै असर गर्दैन । खाद्यान्न संकट हुने जस्ता विषयमा सत्यता छैन । यो समस्या लम्बिने अवस्था देखिएको छैन । त्यो अवस्था आएमात्र हामीले सोच्नु पर्छ,’ खाडीमा रहेका दक्षिण एसियाली मुलुकका राजदूतहरुको बुझाइ उद्धृत गर्दै स्रोतले भन्यो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ