arrow

सि जिनपिङले हेरे आमिरको 'दंगल', मोदिलाई स्यावासी

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
modi_ping_and_dangal.jpg

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले आमिर खानको 'दंगल' हेरेका छन् । कजाकिस्तानको राजधानी अस्तानामा आयोजित संघाई सहयोग संगठनको  बैठकमा पुगेका सिले सो कुरा बताएका हुन् । सो कार्यक्रममा  भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी समेत पुगेका छन् ।   शुक्रबार प्रधानमन्त्री मोदी र चीनका  राष्ट्रपति सि जिनपिङबीच भेटघाट भएको छ ।

 भेटघाटका क्रममा राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री  मोदीलाई चीनमा चलचित्र दंगल निकै लोकप्रिय भइरहेको र आफैले सो चलचित्र हेरेको बताए ।   दुई नेताबीच द्विपक्षीय र अन्तर्राष्ट्रीय लगायतका बिषयमा चर्चा भएको बताइएको छ ।

दुवै राष्ट्राध्यक्षबीचको भेटघाट बारे जानकारी दिदै विदेश सचिव एस जयशंकरले भने-  'दुवै देशबीच सांस्कृति सहयोग बनरे चर्चा भयो । राष्ट्रपति सि जिनपिङले  दंगल चलचित्र चीनमा निकै राम्रो व्यपार गरिरहेको  र उनलाई समेत सो चलचित्र मन परेको बताए ।'

पछिल्लो समय बलिउड चलचित्र 'दंगल' चीनमा चलिरहेको छ । चलचित्रले चीनबाट ११ सय करोड कमाइ गरिसकेको छ । भने चलचित्रको अहिले सम्मको  कुल कमाइ १ हजार ८ सय २३ करोड भारतीय रुपैयाको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ