arrow

मतदाता शिक्षा शहरमा केन्द्रीत, गाउँमा मत बदर हुने सम्भावना बढी

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ २७ शनिबार
matadata_sixa.jpg

विराटनगर । मोरङ रंगेली नगरपालिका–६ नयाँ टोल की सुुमित्रादेवी मण्डलले असार –१४ गते हुुन लागेको स्थानीय तहको निर्वाचनमा एउटा उम्मेदवारलाई एकैठाउँमा भोट दिनुु्ुपर्ने व्यवस्था रहेको बताउँछिन । सोही ठाउँकी बुधनीदेवी मण्डललेपनि विगतको संविधानसभाको निर्वाचनमा भोट दिएकाले त्यही अनुुसार स्थानीय तहको निर्वाचनमा एकजनालाई भोट दिनुुपर्नेे बताईन । 

रुखको छहारी मुुनी वसेर महिलाहरु भेलाभई एक आपसमा यसरी कुुरा गर्दै थिए । मधेशी समुुदायका महिलाहरुमा पनि निर्वाचनमा सहभागी हुुने उत्साहका साथ निर्वाचनकै बारेमा चर्चा परिचर्चा चलेको देखिन्थ्यो । सुुमित्रा र बुुधनीमात्र होइन नयाँ टोलका महिला पुुरुष भोट कसरी दिने भन्ने कुुरामा अहिलेसम्म अनविज्ञ छन् । चुुनावको रौनक सबैतिर छ । कामगर्दा देखी आरामगर्दा समेत गाउँगाउँमा भोटकै बारेमा चर्चा हुुने गरेको छ ।सोही ठाउँका देवानन्द मण्डले यसपटक पहिलोपल्ट भोट दिन लागेको कसरी भोट दिने भन्ने विषयमाा केही थाहा नभएको वताए । भोट खसाल्ने रहर छ भोट विग्रिएकाकि भन्ने डर उतिकै रहेको मण्डलको भनाई छ । 

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मोरङ जिल्लामा बदरमत कमगर्न युुद्ध स्तरमा काम गरिरहेको छ । मतदाता शिक्षा, सडक नाटक तथा नमुुना मतदान गरेर बदरमत कम गर्ने अभियानमा निर्वाचन कार्यालय लागि रहेको छ । सहर बजारमा मतदाता शिक्षाको वारेमा सचेतना फैलाइएपनि रंगेली बजारदेखि चार किलोमिटर उत्तर रहेको नया टोलमा अहिलेसम्म कसरी मत खसाल्ने विषयमा जानकारी गराउने कोई नआएको स्थानीयको गुुनासो छ । 

सो गाउँमा अधिकांश मानिस अशिक्षित छन् । खेतीपाती तथा मजदुुरी गरेर उनीहरुले जिविका चलाउदै आएका छन् । मण्डल र धानुुक समुुदाय बसोवास रहेको सो गाउँमा निर्वाचनमा सहभागी हुुन् गाउँका मानिसहरु उत्साहित छन । गाउँका महिलाहरुलाई  मतदाता शिक्षाको वारेमा प्रश्नगर्दा सबै कुुरा थाहा भएको र कसरी मतदानगर्ने भन्दा एकजनालाई एक ठाउँमा मतदान गर्नुुपर्ने उनीहरुको भनाईले मत बदर हुुने निश्चित देखिन्छ । 

नयाँ टोल जस्ता कतिपय गाउँमा मतदाता शिक्षा पुुग्न सकेको छैन । सुुमित्रा देवीले २० वर्षपछि खसाल्न लागेको भोट बदर भयो भने मेरो अधिकार समेत बदर हुुने भन्दै मत हाल्ने तरिका सिक्न आफू आतुुर रहेको बताइन । नत्थुु मण्डलले पनी भोट हाल्ने तरिका थाहा नभएको वताए । रेडियो र टिवीमा मतदाता सिक्षाको वारेमा सुुनेपनी सिकाउन भने अहिलेसम्म कोइ नआएको उनको भनाई छ । 

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुुख प्रेमप्रसाद सन्जेलले यसरी मतदाता शिक्षा स्वयम्सेविकाहरु पुुग्न नसकेका स्थानहरुमा तत्काल स्वयंसेविका पठाइने बताए । मत बदर हुुन नदिन दिनरात आफू यो अभियानमा लागेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ