arrow

स्मार्टफोन प्रयोगकर्ताका लागि ६ उपयोगी टिप्स, अब घरमै बन्छ मोबाइल

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
woman+w+phone.jpeg

एजेन्सी । एन्ड्रोइडमा यस्ता कयौ फिचर रहेका छन् जसको मद्दतले तपाई आफ्नो  स्मार्टफोन अझ स्मार्ट बनाउन सक्नुहुन्छ ।  हामि तपाईलाई यस्ता ६ सीक्रेट टिप्स बताउदै छौ  जसको मद्दतले तपाई आफ्नो  फोनमा यी  फीचर्सको प्रयोग गर्न सक्नुहुन्छ ।

१.साइलेन्ट मोडमा फोन यसरी खोजौ

यदि तपाई आफ्नो फोन साइलेन्ट मोडमा राखेर विर्सनु भए तपाई गूगलको मद्दतबाट सजिलैसँग भेट्न सक्नुहुन्छ ।  यसको लगि तपाई जिमेल आईडीमा लग इन हुनुहोस । यहा त्यही आईडी हाल्नुहोस जुन आइडि तपाईको  स्मार्टफोनमा छ ।

अब www.google.com/android/devicemanager लाई ब्राउजरको एड्रेस बारमा पेस्ट गर्नुहोस । यहां तपाईलाई स्मार्टफोनको मोडल, नामका साथै त्यसको स्थान पनि देखाउनेछ ।  त्यहाँ तपाई रिङ  अपशन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस । फोनको रिङ बज्नेछ । यसरी तपाई विर्सिएको फोन पत्ता लाउन सक्नुहुनेछ ।  तर  फोन  डिस्चार्ज वा कनेक्टिविटी नभएमा यो फीचरले काम गर्नेछैन ।

२. अक्षर पढ्न सजिलो बनाउन

तपाईको आखा कमजोर भएर स्मार्ट फोनमा पढ्न दिक्दार हुन सक्छ ।  कयौ पटक हल्का  ग्रे रंगको अक्षर ब्याग्राउडसँग मर्ज देखिन्छ जुन पढ़ना मुश्किल हुन्छ । यस समस्यालाई सजिलै समाधान गर्न सकिन्छ । यसको लागि सेटिङमा गएर एसेसविलिटिमा जानुहोस । यहां  हाइ कन्ट्रास्ट टेक्ट अन गरेर अक्षरलाई सफा बनाउन सकिन्छ ।

३. नोटिफिकेशन म्यानेज हटाउन  

धेरै नोटिफिकेशनले कयौ पटक दिक्दार बनाउन सक्छ । यसबाट छुटकारा पाउन नोटिफिकेशन बार खोलेर कुनै पनी ऐप्सको नोटिफिकेशनमा टेप गरेर होल्ड गर्नुहोस ।  यसले तपाईलाई आपको नोटिफिकेशनको अगाडि सेटिंग आइकन देखाउनेछ ।
 
यस आइकमा टेप गर्दा त्यस ऐप्सको लागि नोटिफिकेशन सेटिंग खुल्नेछ । यहांबाट तपाई नोटिफिकेशन एडजस्ट गर्न सक्नुहुनेछ र पुरै बन्द पनि गर्न सक्नुहुनेछ । यसबाट तपाई सो एप्सको नोटिफिकेसन पाउनु हुने छैन । यसरीनै अन्य एप्सको नोटिफिकेशनलाई पनि बन्द गर्न सकिनेछ ।


४. स्मार्ट लक गर्न

स्मार्टफोनमा लकस्क्रीन पासवर्ड राख्न आवश्यक हुन्छ । तर कहिले काहि मोबाइलमा बारम्बार पासवर्ड राख्न हैरान पनि हुन्छ । यसबाट बच्न स्मार्ट लक अपशन अपनाउन सक्नुहुन्छ ।  फोनको सेक्युरिटीमा गएर स्मार्टलक अपशनमा जानुहोस । र होम लोकेशनलाई ट्रस्टेड लोकेशनमा एड गर्नुहोस ।
 
यस फीचरको फाइदा तपाई होम लोकेशनमा वा अन्य  एड गरिएको डिभाइससँग कनेक्ट हुदा तपाईको  फोनले पासवर्ड माग्ने छैन । किनभने मोवाइले तपाई  सुरक्षित ठाँउमा रहेको सम्झन्छ ।


५. इन्टरफेस स्पीड बढाउन
 
फोनको इन्टरफेसबाट राम्रो भए हामी फोनमा राम्रोसँग देख्न र काम गर्न सक्छौ । यी  आइकन बिस्तारै अघि बढ्न थाले बुझ्नुहोस फोनको स्पीड कम हुदैछ ।
 
यसको लागि सेटिङ मा जानुहोस र एवाउट फोनमा ब्युल्ड नम्बरमा  टेप गर्नुहोस । यसले  डेभलोपर अप्सन अन हुनेछ ।  डेभलोपर अपशनमा गएर विन्डोज एण्ड ट्रान्जिशन एनिमेशन अपशनमा जानुहोस । एनिमेशनको डिफल्ट भ्यालु १ एक्स हुनेछ । यसलाई ०.५ एक्स गर्नुहोस । यसले स्पीड बढ्नेछ । ज्यादा स्पीड चाहिए  एनिमेशन अफ पनि गर्न सक्नुहुनेछ । यो फीचरले एन्ड्रोइडको किटक्याट र त्यो भन्दा माथिका भर्जनमा काम गर्नेछ ।


६. होमस्क्रीन मिलाउन
जब तपाई प्ले स्टोरबाट केहि एप्स इन्स्टल गर्नुहुन्छ , त्यसको आइकन मोबाइलको होम स्क्रीनमा आफै एड हुन्छ । यदि तपाईले नचाहिए प्ले स्टोर अपसनमा गएर टपमा रहेको सेटिंग्स खोल्नुहोस ।
 
यहां तपाई एड आइकन टु होम स्किन नामको अपशन देख्नुहुनेछ । यसलाई अनचेक गर्नुहोस ।  अब एप्स इन्स्टल भएपनि  होम स्क्रीनमा आफै कुनै आइकन ऐड गर्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ