arrow

सिराहामा चुनावी अभियान तिव्र

logo
शम्भु यादव।
प्रकाशित २०७४ जेठ २७ शनिबार
congress-flag1.jpg

लहान । आउँदो असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसका उम्मेदवारहरुले लहान नगरपालिकामा चुनावी अभियानलाई तिव्र बनाएका छन् । उम्मेदवारहरुले आफ्नो विकासका मुद्दाहरुलाई आम नागरिकलाई सुनाउँदै मत मागिरहेका छन् ।

शनिवार वडा नम्बर १ का उम्मेदवार फागु चौधरीले घरदैलौ कार्यक्रम गरेका छन् । यस्तै, शनिवार वडा नम्बर ८ का उम्मेदवार श्याम साह (भोरे भोर)ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैला कार्यक्रममा कार्यकर्ताको उत्साह पुर्वक सहभागिता रहेको थियो । वडाका उम्मेदवारसँगै मेयर र उपमेयरका सिफारिस उम्मेदवारहरुले सहभागिता जनाएका छन् । 

केही दिन अगाडी काँग्रेस नगर समितिले २४ वटै वडामा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको थियो । त्यो भन्दा पहिले वडा–वडामा गएर कार्यकर्ता भेला सम्पन्न गरेका छन् । भेलामा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।

लहान नगरपालिका सिरहा क्षेत्र नम्बर १ मा पर्छ । यहाँ दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाको सबैभन्दा बढीसहित नेपाली काँग्रेसका सांसद पदम नारायण चौधरीले जितेका हुन् । पछिल्लो पटक क्षेत्र नम्बर १ का सबै गाविसहरु लहान नगरपालिकामा गाभिएका छन् । लहान काँग्रेसको राम्रो पकड भएको ठाउँ हो । निर्वाचित भएपछि साँसद चौधरीले लहान नगरमा उल्लेखनीय विकास कार्यहरु गरेका छन् ।

यसैबीच, नेपाली काँग्रेस सभापति तथा साँसद रामचन्द्रका अनुसार सिरहाको स्थानीय तहहरुमध्ये गोलबजार नगरपालिकाको मेयर र उपमेरको मात्रै टुङ्गो लागको छ । मिर्चैया अझै बाँकी छ। गोलबजारमा मेयरमा राजदेव साह –लालबाबु) , उपमेयरमा सिता श्रेष्ठ उम्मेदवारको रुपमा सारिएका छन् ।
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ