arrow

दाङका व्यवसायी श्रेष्ठसहित तीन व्यक्ति अपहरणमा परेको आशंका

खोजविन जारी, श्रेष्ठको गाडि भित्र महिलाको चप्पल र ज्याकेट फेला

logo
नारायण खड्का ।
प्रकाशित २०७४ जेठ २७ शनिबार
raj-shrestha-car.jpg

दाङ । तुलसीपुरका एकजना प्रतिस्थित व्यापारी सहित तीन जना व्यक्ति एकाएक वेपत्ता भएका छन् । वुटवल बस्त्रालयका प्रोप्राईटर ५८ बर्षीय राजकुमार श्रेष्ठ, घोराहीका निर्माण व्यवसायी रनबहादुर घर्ती र थप एकजना महिला शुक्रबार साँझदेखि बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । 

श्रेष्ठ शुक्रबार साँझ साढे ६ बजेसम्म रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका थिए । त्यसपछि उनको मोवाईलमा फोन आएपछि श्रेष्ठ एक्लै निजीकारमा त्यहाँवाट निस्किएको र हालसम्म वेपत्ता रहेको एसपी सिंहले जानकारी दिए । श्रेष्ठले चलाएको कार छिमेकी जिल्ला सल्यानको सितल बजारमा फेला फरेको छ । सितल बजारमा फेला परेको  श्रेष्ठको बा १२ च १०७१ नम्बरको गाडी भित्र एकजना लेडिजको चप्पल र ज्याकेट पनि फेला परेको छ ।

प्रहरीका अनुसार रुकुममा स्काभेटरको पैंसा लिन भनि भारतीय नम्वर प्लेटको अर्को गाडिमा भारतीय तीन जना व्यक्तिहरु संगै रुकुम जाँदै गरेका घोराहीका अर्का एकजना ठेकेदार रनबबहादुर घर्तीपनि वेपत्ता छन् । श्रेष्ठ, एकजना अपरिचित महिला र घोराहीका घर्ती अपहरणमा परेको आशंका प्रहरीले गरेको छ । सल्यानको रिमदेखि पाँच किलो मिटर उत्तरमा पर्ने सितल बजारमा फेला परेको श्रेष्ठको गाडिको टायरको हावा भने छैन । हावा फालेको अवस्थामा श्रेष्ठको गाडि फेला परेको सल्यान पुगेका एसपी सिंहले जानकारी दिए ।  

घटनास्थलमा दाङका प्रहरी प्रमुख एसपी सिंह र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालसहित व्यापारी पुगेका छन् । 
 
भारतीय युवाहरुको वयान
भारतीय मुलका तीन जना युवाहरुलाई छोडेर व्यापारी श्रेष्ठ, घर्ती र महिलालाई सितल बजारबाट केही व्यक्तिले वेपत्ता बनाएको शनिवार रिम नजिकै आफ्नो गाडि कुरेर बसेका भारतीय युवाहरुले बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिला निर्माण व्यवसायी ठेकेदारसहित एउटै गाडिमा रुकुम जाँदै गरेका तीन जना भारतीय मुलका युवाहरुलाई दुई जना युवाहरुले रिममा गाडि रोकेका थिए । तर उनीहरुले ‘ए यो हैन रै छ’भन्दै घर्ती सवार गाडि छोडेका रहेछन् । तरपछि त्यसको पछि पछि तुलसीपुरका व्यापारी श्रेष्ठको गाडि लगतै त्यहाँ पुगेपछि घर्ती र श्रेष्ठका सम्वाद भएको र त्यसपछि घर्तीलाई पनि उनीहरुले संगै लगेको भारतीय मुलका युवाहरुले बयान दिएका छन् । तर घर्तीलाई लैंजाँदा आफुहरुलाई भने उनीहरुले त्यँही छोडेको भारतीय मुलका युवाहरुले बताएका छन् ।  महिलाको प्रयोग गरि श्रेष्ठलाई अपहरण गरिएको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । 

दशैंमा श्रेष्ठको ३०लाख भारु लुटिएको थियो  
यसअघि गत दशैंको समयमा श्रेष्ठका एकजना कर्मचारीले बोकेको ३० लाख भारतीय रुँपैया तुलसीपुरबाटै लुटपाट भएको थियो । त्यस्तै वैशाख १९ गते एकाएक वेपत्ता भएर जेठ १६ गते घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा तुलसीपुरका अर्का व्यापारी ३८ बर्षीय रत्नबहादुर वली मृत अवस्थामा फेला परेका थिए । वलीलाई शुक्रवार वेपत्ता भएका तुलसीपुरकै अर्का व्यापारी राजकुमार श्रेष्ठले एक करोड ऋण प्रदान गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । एक महिनाको अन्तरालमै तुलसीपुरका अर्का व्यापारी सहित थप २ जना वेपत्ता भएपछि  दाङको सुरक्षाको अवस्था अतेन्तै संवेदनसिल बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ