arrow

मतदाता शिक्षा गाँउमा नपुग्दा सर्वसाधारणमा चिन्ता

logo
रविन्द्र वराल,
प्रकाशित २०७४ जेठ २८ आइतबार
matadata-morang.png

मोरङ ।  मोरङको  रंगेली नगरपालिका–६ नया टोल की सुमित्रादेवी मण्डलले असार –१४ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा एउटा उम्मेदवारलाई एकैठाउमा भोट दिनुपर्ने व्यवस्था रहेको वताउछिन ।  सोही ठाउकी वुधनीदेवी मण्डलले पनि विगतको संविधानसभाको निर्वाचनमा  भोट दिएकाले त्यही अनुसार स्थानिय तहको निर्वाचनमा एकजनालाई भोट दिनुपर्ने वताईन ।

रुखको छहारी मुनी वसेर महिलाहरु भेलाभई   एक आपसमा यसरी कुरा गर्दे थिए । मधेशी समुदायका महिलाहरुमा पनी निर्वाचनमा सहभागी हुने उत्साहका साथ निर्वाचनकै वारेमा चर्चा परिचर्चा चलेको देखिन्थ्यो । सुमित्रा र वुधनीमात्र होइन नया टोलका  महिला पुरुष भोट कसरी दिने भन्ने कुरामा अहिलेसम्म अनविज्ञ छन‍् । चुनावको रौनन सवैतिर छ । कामगर्दा देखी आरामगर्दा समेत गाँउगाँउमा भोटकै वारेमा चर्चा हुने गरेको छ ।

 सोही ठाउका देवानन्द मण्डले यसपटक पहिलो पल्ट भोट दिन लागेको कसरी भोट दिने भन्ने विषयमाा केही थाहा नभएको वताए । भोट खसाल्ने  रहर छ भोट विग्रेलाकी भन्न  डर  उतिकै रहेको मण्डलको भनाई छ ।  क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले मोरङ जिल्लामा वदरमत कमगर्न युद्ध स्तरमा काम गरिरहेको छ । मतदाता सिक्षा, सडक नाटक तथा नमुना मतदान गरेर वदरमत कम गर्ने अभियानमा निर्वाचन कार्यालय लागि रहेको छ ।
 
सहर वजारमा मतदाता सिक्षाको वारेमा सचेतना फैलाइएपनी रंगेली वजारदेखी चार किलोमिटर उत्तर रहेको नया टोलमा अहिले सम्म कसरी मत खसाल्ने विषयमा जानकारी गराउने कोइ नआएको स्थानियको गुनासो छ ।
 
सो गाँउमा अधिकांश मानिस अशिक्षित छन । खेतीपाती तथा मजदुरी गरेर उनीहरुले जिविका चलाउदै आएका छन । मण्डल र धानुक समुदाय वसोवास रहेको सो गाँउमा निर्वाचनमा सहभागी हुन गाँउका मानिसहरु उत्साहित छन । गाँउका महिलाहरुलाई  मतदाता सिक्षाको वारेमा प्रश्नगर्दा सवै कुरा थाहा भएको र कसरी मतदानगर्ने भन्दा एकजनालाई एक ठाउमा मतदान गर्नुपर्ने उनिहरुको भनाईले मत वदर हुने निशचित देखीन्छ ।

 नया टोल जस्ता कतिपय गाँउमा  मतदाता शिक्षा पुग्न सकेको छैन । सुमित्रा देवीले २० वर्षपछी खसाल्न लागेको भोट वदर भयो भने मेरो अधिकार समेत वदर हुने भन्दै मत हाल्ने तरिका सिक्न आफु आतुर रहेको वताइन । नत्थु मण्डलले पनि भोट हाल्ने तरिका थाहा नभएको वताए । रेडियो र टिवीमा मतदाता सिक्षाको वारेमा सुनेपनि सिकाउन भने अहिले सम्म कोइ नआएको उनको भनाई छ ।
 
क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सन्जेलले यसरी मतदाता सिक्षा स्वंयम सेविकाहरु पुग्न नसकेका स्थानहरुमा तत्काल स्ंयमसेविका पठाइने बताए । मत वदर हुन नदिन दिनरात आफु यो अभियानमा लागेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ