arrow

राजेन्द्र महतोको सद्भावनाद्वारा वार्ता बहिस्कार, उपेन्द्र अनुपस्थित

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
baluatar.jpg.jpeg
काठमाडौं । मधेसी मोर्चा सम्वद्ध तीन घटक छलफलका लागि बालुवाटार पुगेका छन् । यद्यपि, मेर्चाका चार घटक मध्य सद्भावना पार्टीले वार्ता बहिस्कार गरेको छ भने, उपेन्द्र यादव समेत उपस्थित भएका छैनन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ उपस्थित छन् । 
 
मधेसी मोर्चाका शीर्ष नेतामा एक्लै महन्थ ठाकुर देखिएका छन् । ठाकुरसंगै हृदयश त्रिपाठी बालुवाटार पुगेपनि उपेन्द्र यादव र राजेन्द्र महतोको पार्टीको उपस्थिति विना बालुवाटार वार्ताले ठोस निर्णय नहुने देखिएको छ । वार्ताले सामान्य पहल गर्न सक्ने संकेत आएपनि खास निर्णय हुने सम्भावन न्यून रहेकाले चिया गफमै सिमित हुने देखिएको छ । 
 
सद्भावना पार्टीले आफ्ना अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणको छानविन गर्नका लागि न्यायिक आयोग गठन गर्न सहयोग नगरेकाले वार्ता बहिस्कार गरेको जनाएको छ । तराई मधेस सदभावना पार्टीबाट रामनरेश यादव सहभागी छन् । फोरम अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव बुटवल पुगेका छन् । यसअघि मोर्चासंग प्रस्तुत हुन तीन दलले छुट्टै छलफल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ