arrow

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : अध्यक्ष ओली

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
oli-banke.png

नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन् । एमालेले बाँके जिल्लाका लागि चयन गरेको उम्मेदवारी घोषणासभालाई आइतबार सम्बोधन गर्दै ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गरे।

अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन भने । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो, हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको आफ्नो दल सधैँ विरोध हो, हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीको भनाइ थियो ।

घोषणासभामा सो दलले जिल्लाको सबै आठ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी, उपप्रमुखमा शान्ति ढकाल, कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत, उपप्रमुखमा कृष्णाकुमारी थारुलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, जिल्लाको बैजनाथ गाउँपालिकाको अध्यक्षमा मानबहादुर रुचाल, खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मतकुमार कक्षपति, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा तुल्सीराम थारु, नरैनापुर गाउँपालिकाकाको अध्यक्षमा विक्रम यादव, जानकी गाउँपालिकाको अध्यक्षमा रामनिवास यादव र डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल अहमद खालाई उम्मेदवार चयन गरिएको पार्टीका जिल्ला सचिव रत्न खत्रीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ