arrow

महासङ्घको कार्यसमितिमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
FNJ_building.jpeg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ ।

“महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासङ्घको विधानको अक्षर र भावनाबमोजिम उम्मेदवार हुनुअघि महासङ्घको कार्यसमितिबाट राजीनामा गर्नुहुन आग्रह छ”– महासचिव उजिर मगरले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतःरिक्त भएको मानिने महासङ्घले जनाएको छ । महासङ्घले कार्यसमितिमा रहेकाबाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नैतिक रूपमा महासङ्घको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्नसमेत महासङ्घले आह्वान गरेको छ । त्यसबारे नीतिगत छलफल महासङ्घको आगामी महाधिवेशनमा गरिने उल्लेख गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ