arrow

दैलेखमा बढे मुटुरोगका बिरामी

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ जेठ २८ आइतबार
mutu_rog.jpg

दैलेख । सन्तुलित खानपानको कमजोरीका कारण दिन दिनै वढ्दै गईरहेको मुटुरोग दैलेखमा पनि वढ्दो मात्रामा भेटिएको छ । दैलेखी सेवा समाज काठमाडौले दैलेख जिल्लामा गरेको दुई दिने मुटुरोग र सामान्य चिकित्सा सम्वन्धी निशुल्क शिविरमामा अधिकांस मुटुरोगीहरु भेटिएका छन् । 

झण्डै दुई दिनमा २२ सय जनाको स्वास्थ्य चेकजाँच भएको बताउँदै आयोजकले अठ्ठाईस जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको जसमा दुई जना बालक समेत रहेको उनीहरुलाई उपचालको लागि काठमाण्डौ बोलाएको वताएका छन । झण्डै सातआठ सय जना मुटुरोगी भेटिएको उनीहरुलाई सामान्य अवस्थादेखिकै औषधि सेवन गर्न सल्लाह दिएको बताउदै महासचिव मोहन शाहीले सामान्य औषधि सेवा समाजले नै निशुल्क दिएको बताएका छन् । 

रोजगारी र अध्ययनको शिलशिलामा काठमाडौ गएका दैलेखीहरुको २२ वर्ष अगाडि गठन भएको दैलेखी सेवा समाजले काठमाण्डौमा दैलेखीहरुको सानासाना सहयोग गर्नेदेखि लिएर रक्तदानको कार्यक्रम सञ्चालन गर्दै आईरहेको र पछिल्लो समयमा सवैको सल्लाह र सवैले आर्थिक संकलन गरेर जिल्लावासीलाई सहयोग गर्नुपर्ने सोचेर आफ्नै लगानीमा झण्डै बाईस लाख संकलन गरेर शिविर संचालन गरेको डा.रविन खड्काले वताए । 

जिल्लामा सानो सानो सहयोग गर्दैमा ठुलो सेवा दिन सकिन्छ भने सबै मिलेर स्वास्थ्य शिविर सञ्चालन गरांै भन्ने सोचका साथ लागेको बताउदै डा. खड्काले छोटो समयमा पनि यति धेरैलाई सेवा दिन पाएकोमा आफूलाई आनन्द लागेको बताए ।

दैलेख जिल्ला अस्पतालमा प्रयाप्त मात्रामा स्वास्थ्यकर्मी नभएको र भएका पनि बिदामा बस्ने, कार्यालयमा नआउने जस्ता समस्या भोगिरहेका दैलेखीहरुलाई यस्ता शिविर सञ्चालन गरेमा राहत हुने स्थानीयहरु बताउछन । जिल्ला अस्पतालमा विरामीहरुलाई दिईने निशुल्क औषधि समेत मेडिकलमा किन्न जानु पर्ने अवस्थाले गर्दा पनि सरकारले जनताको लागि ओैषधि किन्न दिएको रकम र किनेको औषधि समेत नपाउँदा आक्रोशित दैलेखीहरुले शिविरमा बाहिर जिल्लाबाट सहयोग गर्न आएका स्वास्थ्यकर्मीको व्यवहार समेत राम्रो भएको र यस्तेै राम्रो ब्यवहार जिल्लामा वसेका डाक्टर, नर्सहरुबाट पनि अपेक्षा राखेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ