arrow

बाबुराम र उपेन्द्रले गरे असन्तुष्ट दललाई निर्वाचनमा सहभागी हुन आग्रह

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
baburam-and_Upendra.png

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन सबै असन्तुष्ट दल तथा समूहलाई आग्रह गरेको छ ।

सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले आज विज्ञप्तिमार्फत राष्ट्रिय जनता पार्टी नेपाललगायतका दल तथा समूहलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको हो ।

संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधनलगायतका विषयमा सरकार र आन्दोलनरत दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेस तथा थरुहटमा भएको जनविद्रोहका क्रममा शहादतप्राप्त सबै व्यक्तिलाई सहिद घोषणा गर्दै बन्दीको रिहाइ गर्न सरकारसँग माग गरिएको छ ।

आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीयताप्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्‍याउन पनि राष्ट्रिय जनता पार्टीलगायत सबै आन्दोलनरत दल निर्वाचनमा सहभागी हुनैपर्ने दुवै पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुवै दलले मुद्दा मिल्ने अन्य राजनीतिक दलसँग तालमेल गरी निर्वाचनमा जाने समेत विज्ञप्तिमा भनिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ