arrow

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
digambar-jha.jpg

काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । 

साँझ ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उनी सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए । 

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ”–अध्यक्ष झाले भने । उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ