arrow

सहमतिपछि सुत्केरी मृतकको शव उठ्यो

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
Bharatpur-hospital-nea.jpeg

रत्ननगर । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । 

चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । 

उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो । 

चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । 

आइतबार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित भएको छलफल सहमतिमा टुङ्गेपछि साँझ ६ बजे शव उठेको चितवन प्रहरीले जनाएको छ । 

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार सबैको पहलमा बालकलाई छात्रवृत्तिमा पठाइदिने र उनको आजीवन अस्पतालले निःशुल्क उपचार गर्नेलगायतको सहमतिपछि शव उठेको हो । 

उनका अनुसार सो विषयमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित एउटा समितिसमेत बनाइएको छ । 

अस्पतालले भने उनको इन्फेक्सन भएकाले मृत्यु भएको जनाएको छ । शिशुको स्वास्थ्य भने राम्रो छ । 

मृतकका दाजु जीवलाल पौडेल अस्पतालको लापर्बाही कै कारण बहिनीको मृत्यु भएको दाबी गर्छन् ।

उनले घटनाको विषयमा एउटा समिति पनि बनाइएको र अन्तिममा बच्चाले चाहेमा जागिर दिने, अस्पतालले निःशुल्क उपचार गर्ने, सबैको पहलमा निःशुल्क पढाउने सहमति गरेर शव बुझेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ