arrow

विमानस्थल भन्सारमा मनोवैज्ञानिक निगरानी, चार पोजिसनमा नबस्न निर्देशन !

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
TIA-custom-1.jpg.jpeg

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनेकानेक घटनासँग जोडिए सधैंभरी चर्चामा आईरहने सरकारी अड्डा हो । विमानस्थलका अरु जुनसुकै अड्डाको कमजोरी होस् विमानस्थलमा भएका जस्ता सुकै कमजोरी होस् आरोप लागिहाल्छ भन्सारका कर्मचारी नै खराव भनेर । 

त्यसो त भन्सारका कर्मचारीहरु सबै दूधले धोएका जस्ता चोखा पनि भएका होईनन् र सबै आरोप लगार्इएजस्तो खराब पनि हुँदैनन् । वर्षाैँदेखि एउटै ठाउँमा बसेका कर्मचारीहरुका कारण समयसमयमा विमानस्थल भन्सार विवादको अड्डाको रुपमा समेत चिनिने गरेको छ, सो विषय यस अघि पनि समयसमयमा उठान भइरहेकै कुरा हो । त्यसैले अहिले विमानस्थल भन्सार कार्यालयमा सुधारका लागि धेरै कामहरु गर्नु आवश्यक रहेको गुनासाहरु सेवाग्राहीले दिँदै आएका छन् भने समयसमयमा संसदीय समितिहरुले समेत यस सम्बन्धमा निर्देशन दिँदै आएको पाईन्छ । 

तर, अहिले कार्यालय प्रमुखको रुपमा विमानस्थल भन्सार कार्यालयमा पुगेका नारायण सापकोटाले कार्यालयका कर्मचारीहरुलाई कामप्रति इमान्दार र चुस्त बनाईराख्नको लागि मनोवैज्ञानिक उपाय अपनाउन थालेको बताएका छन् । अन्य प्राविधिक सुधारहरु भएपनि कर्मचारीहरु अल्छी भएभने प्रभावकारी काम हुन नसक्ने भन्दै उनले कर्मचारीको बसाईको शैली र उनीहरुको सक्रियता समेत प्रभावकारी नतिजाको लागि आवश्यक रहेकाेले आफूले यस्तो उपाय अपनाएको बताएका छन् ।

कर्मचारीको चरित्र कस्तो ढंगले चलिरहेको छ ? उसले इमान्दारिताका साथ कत्तिको काम सम्पन्न गरेको छ भन्ने विषयमा मनोबैज्ञानिक रुपमा अध्ययन गरेर मात्रै कर्मचारीहरुलाई काममा खटाईने गरेको भन्दै उनले कार्यालयमा बस्दा कर्मचारीहरुलाई चारओटा पोजिसनमा नबस्न निर्देशन दिईएको बताए । 

उनले हात बाँधेर बस्ने, पछाडि हात बाँधेर बस्ने, काम नभएको समयमा पनि झोक्राएर टेबुलमै बसिरहने र अगाडि नै पनि हात राखेर पट्यार लाग्दो पाराले नबस्न निर्देशन दिईएको उनले बताए । उनले कार्यालय समयभित्र भन्सार कार्यालयमा मोबाईल चलाएर बस्न नपाईने र आवश्यक कामको लागि वाकिट्वाकीबाट कुरा गर्न सकिने प्रावधान समेत राखिएको उनले स्पष्ट पारे । पहिले जस्ता अहिले भन्सार कार्यालयमा कर्मचारीहरुले गर्नसक्ने सम्भावित बदमासीलाई रोक्नको लागि हदैसम्मको उपाय अपनाईएको पनि सापकोटाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ