arrow

जुँगु घटना : माओवादी नेतालाई मुद्दा चलाएको भन्दै डिएसपी हेडर्क्वाटर तानिए

गृहमन्त्रीको ठाडो आदेश

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
janardan-sharma.jpg.jpeg

काठमाडौं । दोलखाको जुँगु घटनामा संलग्न रहको भन्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्की र पोलिट व्यूरो एवं पूर्व राज्यमन्त्री देवी खड्काविरुद्ध मुद्दा चलाएको भन्दै डिएसपी प्रहरी हेडक्वार्टर तानिएका छन् ।

नेताहरुलाई मुद्दा चलाएको भन्दै गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा डिएसपी रविन कार्कीलाई प्रहरी हेडक्वार्टर तानिएको बताइएको छ । प्रहरी प्रवक्ता एवं एसएसपी सर्वेन्द्र खनालले कार्कीलाई हेठक्वार्टर बोलाइएको बताए । उनले भने, ‘हेडक्वार्टर बोलाउनुको कारण छानविन नै होला भनौँ । थप कारण सोधपुछमा खुल्ला । उहाँले जिम्मेवारी बहन गर्न सक्नु भएन होला ।’ यसबारे गृहमन्त्रीले भने केही बोल्न मानेनन् ।

एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यामा संलग्न भएको भन्दै माओवादी नेतालाई मुद्दा चलाइएको बताइएको छ ।
यसअघि, माओवादी केन्द्रले जुँगु घटनालाई विषयलाई लिएर नेताहरुलाई झुठा मुद्दामा फसाउन खोजिएको भन्द प्रहरी र प्रशासनलाई ध्यानाकर्षण गराएको थियो ।

घटनामा माओवादी केन्द्रका नेताहरु पूर्वराज्यमन्त्रीसमेत रहेकी खड्का, स्थायी कमिटी सदस्य कार्की र विशाल खड्कालगायत ३९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

माओवादी केन्द्रले घटनामा कुनै संलग्नता नै  नभएका नेताहरुको नाममा किटानी जाहेरी स्वीकार गरिनु प्रहरीको दोष भनेको छ । घटनामा नेकपा एमालेले राजनीतिकरण गर्दै नेताहरुमाथी झुठा जाहेरी गर्न अभिप्रेरित गराएको आरोप पनि माओवादीले लगाएको छ ।

घटनामा पक्राउ परेकाहरुको संलग्नता र कुलबहादुरको मृत्यु कसको प्रहारबाट भएको भन्ने स्पष्ट देखिने आधार र प्रमाण फेला नपरेपछि अदालतले पक्राउ परेकाहरुलाई सामन्य तारेखमा छोडिदिएको छ । पक्राउ परेकालाई उम्काएको भन्दै एमालेले आइतबार मात्रै प्रदर्शन गरेको छ ।

मृतक कुलबहादुरकी श्रीमती साङमाया तामाङ, १४ वर्षीया छोरी संगीता र ११ वर्षीय छोरा अशोक र बुबा गोरे तामाङले अभियोगपत्र दर्ता गरेपछि धम्कीले जुँगुमा बस्न नसकिएको बताइरहेका छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका एमालेबाट वडा सदस्य उम्मेदवार गोरे तामाङले माओवादी केन्द्रका ३९ स्थानीय नेता–कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय टोलीले घटनाको अनुुसन्धान गरेको थियो । अनुसन्धान टोलीको प्रतिवेदन आइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ