arrow

गेमिङमा माइक्रोसफ्टको अर्को फड्को, यस्तो हुनेछ एक्स बक्स एक्स

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
xbox_x.jpg

एजेन्सी । माइक्रोसफ्टले आफ्नो गेमिङ कन्सोल रेन्जमा एक नयाँ कन्सोल एक्सबक्स एक्स ल्याएको छ । सो कन्सोलको  प्राविधिक क्षमता बजारमा रहेका अन्य कन्सोल भन्दा निकै ज्यादा रहेको कम्पनिले जनाएको छ ।


कम्पनी सो कन्सोललाई २०१७ नोबेम्बर ७ मा सर्वजनिक गर्दैछ । यदि तपाईलाई ४९९ अमेरिकि डलर पर्ने यो गेमिंङ कन्सोल किन किन्ने भन्ने लाग्छ भने पढ्नुस यी ५ कारण


१. फोर के अल्ट्रा एचडी गेमिङ
 एक्स बक्स एक्समा हाई डेफ़िनेशन गेमिङ भिडियो क्वालिटी एक अहम भूमिका हुनेछ । फोर के प्रविधिलाई अहिले सम्म उपलब्ध सबै भन्दा विकसित प्रविधि मानिन्छ । यस्तोमा फोर के अल्ट्रा एचडी स्तरको भिडियोसँग गेम खेल्नुको मज्जानै फरक हुनेछ । साथै  कन्सोलमा तपाई अल्ट्रा एचडी ब्लू रे डिस्कको पनि प्रयोग गर्न सक्नुहुनेछ ।

२. ४९९ डलर मात्र

माइक्रोसफ्टको उक्त  गेमिंङ कन्सोल ४९९ अमेरिकि डलरमा पाइनेछ । यो ७ नोभेम्बरमा सार्वजनिक हुदैछ । ब्रिटेनमा यसको मुल्य भने ४९९ पाउण्ड पर्नेछ ।

३. अहिलेसम्मकै सबैभन्दा राम्रो कन्सोल
सो कन्सोल ६०  फ्रेम प्रति सेकेण्डको गेमलाई चलाउछ जुन गेम खेल्ने अनुभवलाई अझ राम्रो बनाउदछ । एक्स बक्सका प्रमुख फिल स्पेन्सरले  कन्सोलको  बारेमा कुरा गर्दै भने , "अहिले सम्मकै शक्तिशाली कन्सोल"।

४. सबैभन्दा सानो एक्स बक्स
सो एक्स बक्स बारेका एक कम्पनिका कर्मचारीले भने अहिले सम्मकै सानो एक्सबक्स हो ।  तपाईलाई सो कन्सोल राख्न ठुलो ठाउको आवश्यकता पर्नेछैन ।

५.  एक्स बक्स वनको गेम्स पनि चल्ने
एक्सबक्स एक्सको अर्को विशेषता तपाई एक्सबक्स वन प्रयोग गर्दै हुनुहुन्छ भने  नयाँ कन्सोलमा पनि एक्सबक्स वनको गेम चल्नेछ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ