arrow

देउवाको जिल्लामा उम्मेदवार घोषणा, कार्यसमितिकै पदाधिकारीले प्रदर्शन गरे कालोझण्डा

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
dadeldhura_-news.jpg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा दोस्रो चरणको स्थानीय निर्वाचनको टिकट वितरणलाई लिएर प्रदर्शन भएको छ ।

पार्टी पूर्व जिल्ला सभापति र वर्तमान जिल्लासभापति पक्षका असन्तुष्टहरुले टिकट वितरणविरुद्ध कालोझण्डा प्रदर्शन गरेका हुन् । विरोध गर्नेमा जिल्ला कार्यसमितिमा रहेकाहरु समेत छन् । पूर्व पार्टी जिल्ला सभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल निकटहरुले इमान्दार र सक्षम मान्छेहरुलाई टिकट नदिएको भन्दै प्रदर्शन गरेका हुन् ।

विरोध कार्य्रकममा उप–सभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, महिला संघ सभापति कमला बिष्ट, पूर्व मेयर मोहनराज पाठक, नगर सभापति दान बहादुर पाल, महिला नेत्री नारू देवी ओझा लगायत जिल्ला नेता सहभागि भए । केही दिन अघि मात्रै पार्टी जिल्ला सभापतिले इमान्दार र सक्षम नेता कार्यकर्ताको मनोबल गिराउने काम कहीँ कतैबाट हुनु हुँदैन भन्दै केन्द्रीय सभापति एवं प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई चेतावनीपूर्ण पत्र लेखेका थिए ।
यस्तै, डडेल्धुरा काँग्रेसले सबै स्थानीय तहका लावि प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
प्रमुख र उपप्रमुखका उमेदवारहरु
प्रमुख–उपप्रमुख
१ .अमरगढी नगरपालिका : डिल्ली राज जोशी, पार्वती देवी झुकाल
२. परशुराम नगरपालिका : भीमबहादुर साउँद, कलावती बोहरा
३. अलिताल गाउँपालिका : बलबहादुर गुरुङ, ज्वाला देवी बोगटी
४. भागेश्वर : कौशिला भट्ट, पदम बोहरा
५. अजयमेरु : कमल सिंह भाट, कमला देवी बिष्ट
६. नवदुर्गा : लक्ष्मीप्रसाद अवस्थि, डम्बरी ओली
७. गन्यापधुरा : नवलबहादुर मल्ल, कमला देवी ठगुन्ना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ