arrow

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारत पनि पछारियो 

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
economic-growth1.jpg

काठमाडौं । सन् २०१७ (आर्थिक वर्ष ७३–७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ ।

यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक बृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धि दर हो । 

नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशतले बढी हो ।

लोडसेडिङ अन्त्य, अनुकुल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्टस प्रतिवेदनमा विश्लेषण छ ।

भारतलाई उछिन्यो नेपालले

नेपालको लगत्तै पछि भारत छ । सन् २०१७ मा भारतको आर्थिक वृद्धि ७ दशमलव २ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

निर्यात बृद्धि तथा सरकारी खर्च उच्च रुपमा बढेकाले भारतको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको विश्व बैंकको ठहर छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ