arrow

देउवाले धोका दिएपछि दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
deuba-surendra-bd-bista.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । 

देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् ।

२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । 

नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भएपनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।

लामो समयसम्म कांग्रेसमा योगदान पुर्याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमल बजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । 

सिफारिसपछि १४ वैशाखदेखि काठमाडौंमा बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे । 

देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने । 

तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो । त्यसपछि बिच्किएका हुन् सुरेन्द्र ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु(याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए । 

उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए ।

‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ