arrow

जङ्गली च्याउ खाँदा बालकको मृत्यु, दुई बिरामी

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
mushroom.jpg.jpeg

रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । 

जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

गत जेठ २६ गते घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको जङ्गली च्याउ खाँदा ४५ वर्षीया ऋषिसरा गाहा र उनकी बुहारी २१ वर्षीया इनमाया गाहा, उनका नाति रुपेश गाहा बिरामी परेका हुन् । 

ऋषिसरा र इनमायाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

जङ्गली च्याउ खाँदा रामपुर नगरपालिका–३, गैलुकमा केही समयअघि पाँचजनाको मृत्यु भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ