arrow

एपीएल क्रिकेट: नेपाल स्टोर्ममा पाँच नेपाली खेलाडी, प्रथम पुरस्कार ४० लाख

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
Cricket_APL_Trophy.jpg

काठमाडौं। एसियन प्रिमियर लिग (एपीएल) टि-२० क्रिकेट प्रतियोगितामा नेपाल स्टोर्मकालागि भुपेन्द्र थापा, सिद्धान्त राज शाही, राहबिर सिंह र अमर राउटेला सोमबार भएको अक्सनमा छानिएका हुन्। 

न्युजिल्याण्डको कम्पनी एनकोर ईनफ्रास्ट्रक्चरको टिम नेपाल स्टोर्मकालागि नेपालका पुर्व कप्तान परेस लोहनी पनि आइकोनिक प्लेयरका रुपमा रहने छन्।

भुपेन्द्र भारतीय रुपिया १ लाखमा टिममा भित्रयाईएका हुन् भने सिद्धान्त ७० हजार एवं राजविर र अमर जनही ६० हजारमा टिममा आएका हुन्। 

नेपाललाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरिरहेका कुनै पनि खेलाडी यो प्रतियोगिताम सहभागी हुने छैनन्। यो प्रतियोगितामा नेपाली खेलाडी र अफिसियलहरु सहभागी हुने छैनन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान , किर्तिपुरमा  आईतवारबाट हुने प्रतियोगितामा नेपाल स्टोर्म लगायत ईन्डियन स्टार्स, बंगलादेश टाईगर्स, श्रीलंका लायनस, अफगानिस्तान बुल्स र दुबई वारियर्स फ्रेन्चाईज टोलीका रुपमा प्रतिस्पर्धा गर्दैछन्। 

प्रतियोगितामा पहिलो हुने टोलीलाई ४० लाख भारतीय रुपिया पुरस्कार स्वरुप दिईनेछ भने दोस्रो तथा तेस्रो हुनेले १० लाख र ५ लाख रुपिया करमश: प्राप्त गर्नेछन्। खेलमा प्लेयर अफ द सिरिजले एउटा कार पुरस्कार स्वरुप जित्नेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ