arrow

बझाङ्गी महिला प्रमुखमा शुन्य, उपप्रमुखमै सीमित

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
Bajhang-hamrakura-new.jpeg

बझाङ ।  बझाङ जिल्लामा ठूला तथा साना दलले उम्मेदवारको टुङ्गो लगाए पनि स्थानीय तहको प्रमुख पदमा भने महिला उम्मेदवारको नाम समावेश छैन । 
स्थानीय तहको प्रमुखका लागि जिल्लामा महिलाको उम्मेदवारी शून्य छ । ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उपप्रमुखमै सीमित राखेका हुन् । 

साना दल नयाँशक्ति, राप्रपा, जनमोर्चालगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउँपालिका र दुई नगरपालिका रहेको बझाङमा वडाध्यक्षमा समेत महिलालाई अध्यक्ष पदको टिकट दिइएको छैन । 

जिल्लाका प्रमुख तीन दलबीचको चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ । एक त महिला आफैँमा आत्मविश्वास छैन अर्को कुरा राजनीतिक दलहरुको मानसिकता अझै पनि महिलाले केही गर्न सक्दैनन् भन्ने भएकाले महिलाले पार्टीको निर्णय स्वीकार्न बाध्य भएको उनले बताइन । 

झन्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले आफूभन्दा अग्रज नेतृत्वका अगाडि आफूले प्रमुखको टिकट नपाएको काँग्रेसबाट उपप्रमुख पदको उम्मेदवार अमृतादेवी सिंह बताउछिन । जयपृथ्वी नगरपालिकाको प्रमुख पदका लागि आफ्नो दाबी भए पनि आफूभन्दा अग्रणी व्यक्तित्वको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नुपरेको र उपप्रमुखमा चित्त बुझाउनुपरेको उपप्रमुखका उम्मेदवार सिंहको गुनासो छ । 

आउँदो निर्वाचन सङ्घीय प्रणालीबाट हुन गइरहेकाले आफूलाई एक्कासि प्रमुख पदमा दाबी गर्न अप्ठ्यारो भएको सोही नगरपालिका एमाले उपप्रमुखका उम्मेदवार जुना जाग्रीले बताइन् । 

त्यस्तै माओवादी केन्द्र उपप्रमुखका उम्मेदवार सरिता खड्काको पनि भनाइ उस्तै छ, लामो समयपछि नयाँ ढङ्गले निर्वाचन हुन गइरहेको र सिंहदरबारको सेवा गाउँघरमा दिनुपर्दा सेवाग्राहीलाई भनेजस्तो सेवा दिन सकिँदैन कि भन्ने सोच आएकाले प्रमुखको दाबी नगरेको उनको भनाई छ। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ