arrow

मुख्य चार दलका नेता सभामुखको च्याम्बरमा

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
four_dal.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपालाई चुनावमा सहभागि गराउने र उत्पन्न राजनीतिक परिस्थितिको समाधान खोज्न भन्दै मुख्य चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक सभामुखको च्याम्बर सिंहदरबारमा चलिरहेको छ ।

राजपाले दोस्रो चरणको चुनाव विथोल्ने गरी मंगलबारदेखि मधेस बन्दसहितको आन्दोलन छेडेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीसहितको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाका नेता र विजय गच्छदार सहभागि भएका बताइएको छ ।

मंगलबार बिहान मात्रै नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केही सदस्यले २ र ५ नम्बर प्रदेशमा चुनाव सार्नुपर्ने धारणा राखेपछि छलफलको विषय थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ