arrow

बङ्गलादेशमा भारी वर्षाको कारण मृत्यु हुनेको संख्या एक सय नाघ्यो

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
bangladesh-flood.jpg

ढाका । दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षाको कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । 

यस प्रकोपमा परी मानिसको प्रायःपहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको सङ्ख्या बढ्ने अनुमान रहेको छ । 

आपतकालीन उद्वारकर्ता भारी वर्षा प्रभावित दुर्गम इलाकामा गएका र उनीहरु टेलिफोन र यातायात सम्बन्ध नभएको हुनाले सम्पर्क हुन नसकेको बताइएको छ । 

उद्वारकार्य निकै रफ्तारका साथ जारी रहेको प्रकोप व्यवस्थापन विभागका प्रमुख रेआज अहमदले बताएका छन् । 

सोमबार बिहानबाट भएको भारी बर्षाबाट रन्गामती र बन्दारबान दुई वटा जिल्ला अत्यन्त प्रभावित भएको र मृतकहरुको सङ्ख्या पनि यी दुई जिल्लामा नै बढी भएको बताइएको छ । 

भीषणरुपमा परेको मनसुनी वर्षाको कारण रन्गामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले बाताए । 

भारी मनसुनी वर्षाको कारण मुख्य बन्दरगाह सहर राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएको र केही घन्टा यातायातसमेत अवरुद्ध भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ