arrow

शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
politics-education.jpeg

नगरकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताएका छन् । 

रफत सञ्चार क्लबमा आयोजित ‘शैक्षिक सवाल’ विषयक साक्षात्कार कार्यक्रममा अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको आरोप लगाए । 

सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले शिक्षाको सुधार तथा विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राखे । 

सरकारले शिक्षा ऐन संशोधनका बारेमा शिक्षाविद् र सम्बन्धित सरोकारवालासँग छलफल नगरी आफ्नो मनोमानीरुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको उनले बताए । 

उनले निजी विद्यालयको शुल्क निर्धारणका विषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवासुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुननसक्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ