arrow

च्याम्पियन्स ट्रफी क्रिकेट सेमिफाइनलः पाकिस्तान र इंगल्याण्ड भिड्दै 

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
champions-trophy.jpg

कार्डिफ । च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेलमा बुधबार दिउँसो पाकिस्तान र इंगल्याण्ड भिड्दै छन् । घरेलु मैदान कार्डिफमा भिड्दै गरेको इंगल्याण्ड बलियो मानिएको छ ।
 इंगल्याण्डले समूह चरणका सबै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
 पाकिस्तानले भारत सामु घुँडा टेके पनि त्यसपछि दक्षिण अफ्रिका र श्रीलंकालाई हरायो । 
पछिल्ला पाँच खेलमा इंगल्याण्डले चार खेलमा जित हासिल गरेको छ भने पाकिस्तानको तथ्यांक पनि उस्तै छ । 
मिनि विश्वकपका रुपमा लिइने च्याम्पियन्स ट्रफी र विश्वकपका नकआउट चरणमा पुगेपछि पनि दुवै टिमको औसत जितहार उस्तै छ । 

इंगल्याण्डले पछिल्ला १७ खेलमा ५ मा जित हासिल गरेको छ भने पाकिस्तानले १६ खेलमा ५ मा जित हासिल गरेको छ ।  

घरेलु मैदानमा इंगल्याण्डलाई फाइदा बढी हुने देखिएको छ । त्यसैगरी इंगलिश कप्तान ओइन मोर्गानले जासन रोयलाई निकाल्ने योजना बनाएका छन् । 

उनले खासै राम्रो खेल्न नसकेपछि उनको विदाइ गर्न लागिएको हो । जसले पछिल्ला ८ इनिंगमा मात्र ५२ रन जोडेका छन् । उनको ठाउँमा जोनी बेयरस्ट्र आउन सक्छन् । 
सेमिफाइनलमा खेल्ने इंगल्याण्डका सम्भावित खेलाडीमा एलेक्स हेल्स, जोनी बेयरस्ट्र, जो रुट, ओइन मोर्गान, बेन स्टोक्स, जोस बट्लर, मोइन अली, अदिल रसिद, लायम प्लंकेट, मार्क उड र जेक बल हुन् । 

पाकिस्तानमा अधिकांश नयाँ खेलाडी रहेकामा कप्तान सर्फराज अहमद नै काफी देखिएका छन् । सम्भावित खेलाडीमा सर्फराजसंगै अजर अली, फकर जमान, बाबर अजाम, मोहम्मद हाफिज, सोइब मलिक, इमाद वासिम, मोहम्मद अमिर, फहिम अस्रफ, हसन अली र जुनैद खान छन् । 

विजेताले फाइनलमा अर्को सेमिफाइनलको विजेतासंग खेल्नेछ । अर्को सेमिफाइनलमा बिहीबार भारत र बंगलादेश खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ