arrow

गाडी छोडेर टेम्पोमा सलमान, कट्रिनालाई भेट्न पुगे स्टुडियो

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
salman-auto.jpg

एजेन्सी । सलमान खान आफ्नो आउदो चलचित्र 'ट्यूबलाइट' को प्रमोशनमा व्यस्त रहेका छन् । सलमान खान हालै टेम्पोमा मुम्वाई घुम्दै देखिए ।  मुम्बईको सडकमा सलमान कालो टिसर्ट र खैरो रंगको पेन्टमा आफ्नो सुभ गाडि छोडेर अटो यात्रामा थिए । सो क्रममा उनि सँग चलचित्र निर्माता रमेश तौरानी थिए ।

अटो यात्राबाट सलमान सुटिंगको लागि महबूब स्टूडियो पुगे ।  जहां कट्रिना कैफ आफ्नो चलचित्र 'जग्गा जासूस' को प्रमोशनमा बसेकी थिइन् । 

जब कट्रिनाले सलमान आएको थाहा पाइन् तब उनि सिधै सलमानलाई भेट्न गइन् । भेट पछि सलमान, कट्रिनालाई उनको कारसम्म छोड्न पुगे र अंगालो हालेर विदा भए । सो समय दुवैलाई बडिगार्डले क्यामराबाट जोगाउने भरपुर कोसिस गरे ।

कट्रिनालाई भेटेपछि सलमान अटोमा बसेर घरसम्म गए। सलमान-कट्रिना आगामि चलचित्र 'टाइगर जिन्दा हे ' मा सँगै काम गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ