arrow

२० वर्षपछि काठमाडौं महानगरमा नेपाल भाषा, लिपि देवनागरी 

logo
प्रकाशित २०७४ असार १ बिहिबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । 

महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नेपाल भाषालाई मान्यता दिने निर्णय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो ।

महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ । 

वडा १८ का नवनिर्वाचित अध्यक्ष न्हुँछेकाजी महर्जनले नेपाली भाषामा मात्रै लेखिने निवदेन अब नेपाल भाषाबाट पनि दिन सकिने बताए ।

उनले सरकारी कार्यालयमा मातृभाषा प्रयोगका पक्षमा हुँदै आएको आन्दोलन सम्बोधन गर्न नेपाल भाषा प्रयोग गर्न थालिएको बताए । 

तर, हाल प्रयोगमा ल्याइएको नेपाल भाषाको लिपि भने देवनागरी नै रहेको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ