arrow

ओहो ! देउवाको अष्टम पदमा राहु, बालुवाटार सर्न रोके ज्योतिषीले

logo
प्रकाशित २०७४ असार १ बिहिबार
sher-bahadur-deuba-pm1.JPG

काठमाडौं । ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । 

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । 

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् ।

वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई असार ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् ।

 ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ