arrow

मधेसमैत्री संविधान नहुन्जेल चुनावमा जान्नौंः अध्यक्ष झा

logo
प्रकाशित २०७४ असार १ बिहिबार
rajapa_photo.jpg

गौशाला । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका एक अध्यक्ष अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताएका छन् । 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार साँझ पत्रकारसम्मेलन गर्दै अध्यक्ष झाले सरकार तथा सत्तापक्षले संविधान संशोधन गरेर मधेस र मधेसीलाई उनीहरुको हकअधिकारको ग्यारेन्टी नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने बताए ।

उनले सरकारले मधेसको एजेन्डा सम्बोधन गरेर जनसङ्ख्याका आधारमा गाउँपालिका, जनप्रतिनिधि, बजेट लगायतका व्यवस्था सुचिश्चित नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने र गर्न नदिने ठोकुवा गरे ।

अध्यक्ष झाले मधेस आन्दोलनका क्रममा मधेसमा मारिएकालाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार खर्च, झुठा मुद्दा फिर्ता, बन्दीलाई रिहा नगरेसम्म कुनै पनि मधेसी चुनावमा नजाने र मधेसमा चुनाव हुन नदिने बताए । 

उनले राजपा चुनाव विरोधी नभएको तर चुनाव गराउन सरकारले मधेसमैत्री संविधान बनाउनुको विकल्प नरहेको प्रस्ट्याए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ