arrow

दुई नम्बर प्रदेशको चुनाव अब एकै पटक असोजमा

५ नम्बर प्रदेशको चुनावमा सहभागि हुने राजपाकाे चाहाना

logo
प्रकाशित २०७४ असार १ बिहिबार
tin_dal-rajapa2.jpg

काठमाडौं । निर्वाचन आयोगले चुनाव सार्न नहुने भन्दा भन्दै सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने घोषणा गरेको छ । प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ मै चुनाव हुने बताइएको छ । विहीबार विहान निर्वाचन आयोगले सरकारले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकार गरेपछि सिंहदरबारमा बसेको सत्तारुढ काँग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।

चुनाव सारेपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टीले चुनावमा आउने भनेर प्रष्ट्याएको छैन । यस्तै, राजपाले ५ नम्बर प्रदेशको निर्वाचनमा भाग लिने मनसाय राखेपनि बाहिर प्रस्ट भनेको छैन ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्य शरतसिंह भण्डारीले सरकारको निर्णयमा आफूहरुको निर्वाचनको सहभागिताको विषय अड्किएको बताएका छन् । उनले सरकारले आफुहरुसँग भएको सहमतिको आधारमा वातावरण बनाउनु पर्ने भन्दै सहभागिताबारे आफुहरु छलफल गरिरहेको जानकारी दिए ।

नेता भण्डारीले के–के माग पूरा गरेको खण्डमा सहभागि हुने भन्ने विषय भने खुलाएका छैनन् । भण्डारी विहिबार सरकासँग भएको छलफलमा सहभागि भए । यद्यपि, राजपाका केही नेता काठमाडौं बाहिर रहेकाले छलफल गरिने उनले बताएका छन् ।

राजपासँग वार्ता गर्नुअघि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । आयोगले चुनाव सारे संकट आइलाग्ने भन्दा भन्दै सरकारले दुई नम्बर प्रदेशको चुनाव सारेको हो । चुनाव सार्ने विषयमा मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने बैठकमा सहभागि नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ