arrow

कमल थापाले भने – प्रदेश २ को चुनाव सार्ने निर्णय अदूरदर्शी, आयोग कठपुतली

logo
प्रकाशित २०७४ असार १ बिहिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सत्ताधारी दुई ठूला दल र आन्दोलनरत राजपाबीच दुई नम्बर प्रदेशमा चुनाव सार्ने भनि भएकाे सहमतिलाई लिएर आयोगलाई कठपुतली बनाउन खोजिएको टिप्पणी गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमार्फत थापाले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्क भएको भएको र चुनाव सार्ने निर्णयले गलत सन्देश जाने उल्लेख गरेका छन् ।

अध्यक्ष थापाले ट्वीटमा भनेका छन्, ‘२ नं प्रदेशको चुनाव सार्ने निर्णयले गलत सन्देश दिएको छ। निर्णय अदूरदर्शी र अपरिपक्व छ। निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’

विहिबार दिउँसो बसेको सत्तारुढ काँग्रेस, माआवादी र राजपाको संयुक्त बैठकले असार १४ मा हुने भनिएका ४ प्रदेश मध्ये २ नम्बर प्रदेशको असोजमा गर्ने सहमति गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ