arrow

पाँचथरमा संघिय समाजवादी फोरमले तोक्यो उम्मेदवार

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार १ बिहिबार
panchthar-district.png

पाँचथर ।  संघिय समाजवादी फोरम नेपालले पाँचथरको ७ वटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेद्धवारी टुंग्याएको छ । पाँचथरको फिदिम स्थित पाटी कार्यालयमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्धवारी टुंग्याएको हो ।

जस अनुसार फिदिम नगरपालिकाको मेयरमा बिष्णु कुमार लावती,उपमेयरमा भावना इङवालाई उम्मेद्धवार बनाएको छ । यस्तै फालेलुङको अध्यक्ष पदमा जनम राई,उपाध्यक्ष पदमा सँगिता थाम्सुहाङ,याङवरकमा भरत राई,सिर्जना सेलिङलाई उम्मेद्धवार बनाएको हो ।

यस्तै हिलिहाङको अध्यक्ष पदमा सुरेन्द्र प्रसाद सुहाङ,उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेद्धवार बनाएको हो । यस्तै फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा राम कुमार तुम्याङ नेम्बाङ,उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे,कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ,मिक्लाजुङको अध्यक्षमा सन्देश राई लाई उम्मेद्धवार बनाएको हो । यस्तै तुम्बेवामा भने अहिले सम्म उम्मेद्धवारको टुंगो लगाउन नसकिएको पाटीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले वताए ।

उम्मेद्धवारहरुको घोषणा पछि वोल्दै पाटीका केन्द्रिय महासचिव रणध्वज कन्दङवाले अहिलेको संघिय संरचना प्रति आफनो पाटीको विमती रहेतापनि आफ्नो पाटी संवैधानिक पाटी भएकोले जनतामा जानु परेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ