arrow

शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानसहित ५१ हजार रुपैयाँ 

logo
प्रकाशित २०७४ असार १ बिहिबार
satabdi-purush.JPG

काठमाडौँ । भाषा, साहित्य एवम् संस्कृतिमा अतुलनीय योगदान पु¥याउनुभएका ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सम्मानित भएका छन् । 

कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा बिहबिार यहाँ आयोजित कार्यक्रममा उनलाई सम्मानसहित रु ५१ हजार प्रदान गरिएको हो । 

विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवा पुर्र्याएबापत गत वर्ष डा लोचन कार्की सम्मानित भएका थिए । 

प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले प्रतिष्ठानले स्थापनाकालदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको जानकारी दिए । 

पूर्वअर्थमन्त्री एवम् प्रतिष्ठानका सदस्य शङ्कर कोइरालाले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ