arrow

च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत–पाकिस्तान भिडन्त

सेमिफाइनलमा भारतले बंगलादेशलाई हरायो

logo
प्रकाशित २०७४ असार १ बिहिबार
virat-sharma.jpg

बर्मिंघम । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा बंगलादेशलाई सहजै ९ विकेटले हराउँदै भारतले सेमिफाइनलमा ठाउँ बनाएको हो । 

अर्को सेमिफाइनलमा आयोजक इंगल्याण्डमाथि जित हासिल गर्दै पाकिस्तान फाइनलमा पुगेको हो । 

समूह चरणमा एकै समूहमा रहेको भारतले पाकिस्तानमाथि जित हासिल गरेको थियो । 

बर्मिंघममा भएको सेमिफाइनलमा बंगलादेशले पहिले ब्याटिंग गर्दै ७ विकेटको नोक्सानीमा २६४ रन बनायो । 
तमिम इक्बालले ७०, मुस्फिकर रहिमले ६१ तथा मश्राफ मोर्टाजाले नटआउट रहँदै ३० रन बनाए । भुवनेश्वर कुमार, जसप्रिम बुमराह र केदार जाधवले २,२ विकेट लिए । 

जवाफमा भारतले फराकिलो अन्तरले फाइनलमा पुग्ने क्रममा ४०.१ ओभरमा १ विकेट गुमाएर विजय पायो । रोहित शर्माले नटआउट १२३ रन बनाए ।

कप्तान विराट कोहलीले ७८ बलमा नटआउट ९६ तथा शिखर धवनले ३४ बलमा ४६ रन जोडे । फाइनल खेल आइतबार हुनेछ । समूह चरणमा भने भारतले पाकिस्तानलाई हराएको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ