arrow

रिङरोडभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध !

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
motorcycle.png

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । 

मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।

सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टरार्इले जानकारी दिए । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ