arrow

हिन्दू धर्ममा शव यात्रापछि किन नुहाउनुपर्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक कारण

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
hindufuneral-ceremony-696x387.jpg

काठमाडौं । तपार्इले पनि जो कोही हिन्दू धर्मालम्बी मलामी गएर फर्किएपछि अनिवार्य रुपमा नुहाएको देख्नु भएकै होला । तर, उनीहरुले किन नुहाउनै भन्ने  बारे सबैलार्इ जानकारी नहुन सक्छ । हरेक धर्ममा आ‍-आफ्नो रीतिरिवाज हुन्छ । जन्मदेखि मृत्युसम्म सबै अफ्नो धर्म अनुसार आफ्नो रीतिरिवाज निभाउछन् । यस्तै हिन्दू धर्ममा पनि मृत व्यक्तिको शवयात्रा गर्ने र शवयात्रा पछि आफ्नो संस्कृति अनुसारका प्रकृया अनुशरण गर्ने गर्नुपर्छ । उनीहरुले धार्मिक र बैज्ञानिक कारणले नै दाह संस्कारपछि  शव यात्रामा सामिल भएका सबै मानिस नुहाउने गरेको भेटिएको छ । यो चलन अहिलेको नभएर वर्षौदेखि निभाइँदै आएको छ । यसको पछि जोडिएर आएको धार्मिक र वैज्ञानिक कारण यस्तो छ।

धार्मिक कारण
हिन्दू धर्ममा यो मान्यता रहेको छ कि श्मशान भूमिमा सधै नकारात्मक ऊर्जाको प्रवाह रहन्छ। साधै कमजोर मनोबल भएका व्यक्ति यसको चपेटमा आउँनसक्छन् । यही कारण महिलाहरु अन्तिम संस्कारमा सामेल गरिँदैन । किनकि उनीहरु पुरुषको तुलनामा कमजोर मन र भावुक स्वभावका हुन्छन् । यस अवस्थामा उनीहरुमाथि  श्मशानको नकारात्मक ऊर्जाको प्रभाव पर्न सक्छ । यसैले अन्तिम संस्कारमा सामेल भएका मानिस दाह संस्कार पुरा भएपछि नुहाएर  आफुमा रहेको नकारात्मक ऊर्जाबाट मुक्ति पाउछन् ।

वैज्ञानिक कारण
अन्तिम संस्कारपछि नुहाउनुमा वैज्ञानिक कारण पनि  छ । विज्ञानका अनुसार जब कुनै मानिसको मृत्यु हुन्छ उसको  शवमा कयौं प्रकारका ब्याक्टेरिया हावी भएका हुन्छन् । यस्तोमा ब्याक्टेरिया शवको सम्पर्कमा आउने दोस्रो व्यक्तिको शरीरमा पनि फैलिन सक्छ । यस बाहेक शवको दाह संस्कारपछि त्यहाँको  वातावरण संक्रामित किटाणुले ग्रसित हुन्छ । जसले त्यहाँ रहेका मानिसको शरीरमा असर पुर्‍याउन सक्छ । यसैले अन्तिम संस्कारपछि नुहाउनलाई आवश्यक मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ