arrow

व्यक्तिगत विकास चाहानुहुन्छ ? छोड्नै पर्छ यी ५ बानी

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
personal-development-habits-696x387.jpg

एजेन्सी ।हाम्रो  सफलता र व्यक्तिगत विकासका लागि कयौ यस्ता बानीहरु छन् जसलाई छोड्न आवश्यकता हुन्छ ।  केहि नराम्रा  बस्तुहरु हाम्रो  जीवन र बानीमा समाहित भएका  हुन्छन् । जसले हाम्रो जीवनलाई नोक्सान नै पुर्‍याउछ ।

आज हामि तपाईलाई ५ यस्ता चीज र बानीको बारेमा बताउन गइरहेका छौ जुन हामिले तुरुन्तै छोड्न आवश्यक छ  ताकि जीवनलाई सफल बनाउन सकियोस । हुन सक्छ यस मध्ये तपाई कुनै चिज लिनुहुन्न  तर  यी मध्ये कुनै बानी तपाईको व्यक्तित्व हिस्सा छ भने त्यसलाई आजबाटै छोड्नुहोस ।

१. अर्काको नकरात्मक नसोचौ

 अर्काको नराम्रो गर्नु वा दुष्टता बारे मजा मानेर सुन्नु  यो बानी हाम्रो जीवनको हिस्सा बनि रहेको हुन्छ  । तर यो बानीले हामिलाई नकारात्मक बनाउदछ । यसबाट बच्नको लागि तपाई अरुको नराम्रो कुरा पनि नसुन्नुहोस । यदि हाम्रो विचारमा नकारात्मक भए हाम्रो मार्ग र सफलताबाट भड्किन्छौ । यसबाट टाढै रहन तपाई यस्ता मानिसबाट टाढै रहनु राम्रो हुनेछ ।

२.आफुलाई अर्कोसँग तुलना नगरौ  

प्राय मानिस  आफ्नो तुलना अर्कोसँग गरेर दुखि हुने गर्दछन् । मानिस आफ्नो  दुःखबाट भन्दा अरुको खुशीबाट जल्दछ र अझ दुखि बन्दछ  । तर यो बानीले हामिलाई कहिले माथि जान दिदैन र यस्तोमा हामि आफ्नो क्षमता माथि पनि ध्यान दिदैनौ र सफलताबाट टाढा जान्छौ । यदि कुनै व्यक्ति सुखि र सफल छ भने त्यो उसको क्षमता हो । उसलाई आफुसँग तुलना गर्नु  व्यर्थ हो । यस भन्दा राम्रो हामि आफ्नो काम र कार्य कुशलतामा ध्यान दिउ र आफ्नु कमजोरिको हटाउनको कोशिश गरौ ताकि हामिमा एक सकारात्मक ऊर्जा पैदा होस र हामि सफलताको मार्गमा जानसकौ ।

३. दोस्रो माथिको निर्भरता
कयौ मानिसहरु दोस्रो माथिको निर्भरताले  सफल हुन सक्दैनन् ।  जब सम्म हामि दोस्रो माथि निर्भर रहन्छौ तब सम्म सफल हुन सक्देनौ । यसको लाग आफै जिम्मेदार समझनुहोस् र आत्म निर्भर बनेर  आफ्नो काम आफै गर्नुहोस यसले तपाई सफल हुनुहुनेछ र अनुभव पनि पाउनुहुनेछ । आफ्नो लक्ष्य न्रिधारित गर्नुस र अन्यको मद्दको आशा नरख्नुहोस । त्यसलाई पाउने प्रयास गर्नुहोस । अर्का प्रतिको निर्भरताले हाम्रो कायरता र असक्षमतालाई  दर्शाउदछ ।

४. बितेको समयसँग अफसोस नगरौ

असफलता र  गलति सबैबाट हुन्छ । तर  जुन बिति सक्यो त्यसमा अफसोच गर्नाले हामि समयलाई व्यर्थ बनउदछौ । यसो गर्नाले  न त हामि आज जित्न सक्छौ  न त भविष्यको बारेमा कुनै सहि निर्णय लिन सक्छौ । बिति सकेको कुरामा अफसोच गर्नु भन्दा राम्रो यो हुन्छ की हामि त्यसबाट पाठ सिकौ र आफुलाई सुधारेर  भविष्यको बारेमा  सोचौ   ताकि  एक आकर्षक भविष्यको निर्माण गर्न  सकियोस । बितेको कुारको याद गरेर दुखि हुदाँ हाम्रो जीवन, निराशा र नकारात्मकताले  भरिन्छ । जुन हामिलाई कहिले सफल हुन दिदैन र भविष्यको बारेमा निर्णय लिन पनि रूकावट बन्दछ ।

५. अफ्ने लक्ष्यमा  केन्द्रित रहौ

सफल हुन  लक्ष्यको आवश्यकता हुन्छ ।  त्यो भन्दा पनि तपाई आफ्नो लक्ष्यमा कन्द्रित भइ रहनु अर्को महत्वपुर्ण कुरा हो । तपाईले जुन लक्ष्य निर्धारित गर्नु भएको छ त्यसलाई नपाएसम्म  आफ्नो लक्षयको बारेमा  सोच्नुहोस । र त्यसलाई पुरा गर्न मै केन्दित हुनुहोस ।  किनकि यदि तपाईले दोस्रो कुरामा वा बीच मा आउने  व्यवधानमा  ध्यान भट्काए तपाई आफ्नो लक्ष्यबाट विचलित हुनुहुनेछ र तपाई  हताश हुन थाल्नुहुनेछ । जुन तपाईलाई लक्ष्यबाट टाढा गर्न सक्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ