arrow

आइएसद्वारा एक लाख सर्वसाधारण बन्दकः संयुक्त राष्ट्रसङ्घ

logo
प्रकाशित २०७४ असार ३ शनिबार

जेनेभा  । इश्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन शहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता ब्यक्त गरेको छ । 

इराकी सुरक्षाकर्मीले सन् २०१४ मा विद्रोहीले नियन्त्रणमा लिएको र मोसुल शहर र वरपरका क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि वर्वर शासन गरिरहेको मानवअधिकारकर्मीले बताउदै आएका छन् । 

सन् २०१४ मा गुमाएको शहरलाई पुनः सरकारी नियन्त्रणमा लिने प्रयास स्वरुप सेनाले विगत केही महिना यता सुरक्षा कारबाही चलाउदै आएको छ । सरकारले मोसुलको अधिकांश भाग सेनाले नियन्त्रणमा लिइसकेको बताएपनि विद्रोहीद्वारा निरन्तर नागरिकलाई बन्धक बनाउने र आफ्नो अनुकुल युद्धमा प्रयोग गर्दै आएको छ । 

राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्थाका इराकस्थित प्रतिनिधि ब्रुनो गेडोले आइएसले मोसुल वरपरका नागरिकलाई लगातार बन्धक बनाउने र युद्धमा प्रयोग गर्ने गरेको बताए । 

प्राचीन शहर मोसुलमामात्र करिब एक लाख सर्वसाधारणलाई अझै नियन्त्रणमा लिइरहेको राष्ट्रसङ्घका प्रतिनिधि गेडोले सञ्चारकर्मीलाई बताएका छन् । हामीलाई थाहा भए अनुसार आइएस र सुरक्षकर्मीवीच भीडन्त भइरहेको क्षेत्रबाट सर्वसाधारण विस्तापित वनी अन्यत्र जाँदै गरेका सर्वसाधारणलाई नियन्त्रणमा लिएका छन् । स्थानीय दायश वा आइएसआइएल समूहको नाममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई खाद्यान्न, खानेपानी वा विद्युतको अभावकावीच राखिएको र उनीहरूको दयनीय अवस्था रहेको राष्ट्रसङ्घले जनाएको छ । नौ महिना पहिले मोसुलमा भीडन्त शुरुभएपछि आठलाख ६२ हजार मानिस विस्तापित भएकामा करिव दुई लाख मानिस मोसुलको सेनाद्वारा नियन्त्रणमा लिइएको पूर्वी क्षेत्रमा फिर्ता भएका छन् । अझैपनि छ लाख ६७ हजार मानिस विस्तापित रहेका र उनीहरूलाई विभिन्न १३ वटा शिविर खडा गरी यूएनएचसीआरको रेखदेखमा रहदै आएका छन् ।  एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ