arrow

शाहरुख र अक्षयले दिए ‘भूईँमान्छे’लाई दनक

logo
प्रकाशित २०७४ असार ३ शनिबार
bhuimanche-vs-all.png

काठमाडौं ।  बलिउड अभिनेता  शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४   गते रिलिज हुने भएपछि नेपाली चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति सरेको छ ।  

 खानको प्रभावले राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो ।

त्यस लगत्तै  अक्षय कुमारको  धमकादार चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ प्रर्दशनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहमा ‘भूईँमान्छे’ को प्रर्दशन मिति २ साता पछि सरेको हो । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् ।

 पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित ‘भूईँमान्छे’ मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ