arrow

'५ वर्षभित्र कञ्चनपुर नेपालकै पहिलो व्यापारिक नाका बन्छ'

दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने : नेता लेखक

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७४ असार ३ शनिबार
ramesh_lekhak_kanchanpur.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा प्रचारप्रसार उप–समिति संयोजक रमेश लेखकले ५ वर्षभित्र कञ्चनपुरलाई नेपालकै पहिलो व्यापारिक नाका बनाउने दाबी गरेका छन् । प्रेस युनियन कञ्चनपरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । 

‘कञ्चनपुरमा नेपाली काग्रेसलाई विजय गराएमा ५ वर्ष भित्र नेपालकै पहिलो व्यापारीक नाका वन्ने छ,’ उनले भने, ‘जसबाट ७ नम्वर प्रदेशकै विकासको मुल फुट्नेछ ।’ साथै महाकाली नदिमा बन्ने पुलका लागी  यहि असार १२ भित्र गते टेण्डरका सबै प्रकृया पुरा हुने र असोज भित्र पुलको निर्माणकार्य सुरु गरीने उनले जानकारी दिए ।

नेपाल–भारत जोड्ने महाकालीमा ४ लेनको पक्की पुल निर्माणका लागि टेण्डर आह्वान समेत भईसकेको बताउदै उनले साउन भित्रै ठेक्का पकृया अघि बढ्ने बताए । ‘महाकालीमा मोटर पुल बन्दा मुलुक आर्थिक रुपमा बलियो हुन्छ, ‘उनले भने, ‘यसले नेपालको बेरोजगारी समस्या समेत हल गर्न मदन गर्छ ।’ सात नम्बर प्रदेशलाई उत्तरी चीनसँग जोड्न सेती लोकमार्ग, महाकाली कोरिडोर र दक्षिण भारतसंग जोड्न कञ्चनपुरको भीमदत्त नपाको  महाकाली नदीमा पक्की पुल निर्माणको काम तिब्र रुपमा अघि बढाईनुपर्नेमा उनले जोडदिए । यस्तै पुर्व पश्चिम जोड्न हुलाकी राजमार्गको काम पनि तीब्र रुपमा अघि बढिरहेको बताए ।

यसैगरी उनले दोस्रो चरणको निर्वाचनमा दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । कांग्रेसको दृष्टिकोण र सिद्धान्तमा जनताको विश्वास भएका कारण दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने ठोकुवा गरेका हुन् ।  ‘नेपाली कांग्रेसप्रति जनताको विश्वास छ, कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना भएकै कारण जनताले विश्वास गरेका छन्,’ उनले भने ।’ यसैगरी संविधान निर्माणको सवाल उठाउँदै उनले २०६४ सालको संविधान सभाको निर्वाचनमा कांग्रेसको पराजयको कारण संविधान बन्न नसकेको समेत उनले स्मरण गराए । ‘२०६४ सालको संविधान सभाको निर्वाचनमा कांग्रेस हार्दा संविधान बन्न सकेन, र २०७० सालमा जनताले कांग्रेसलाई जितायो तबमात्र नेपालको ऐतिहासिक संविधान बन्यो,’ उनले भने,’  ‘यही विश्वास र भरोसा अहिलेको निर्वाचनमा अपेक्षा गरेका छौँ ।’

नेता लेखकले संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन मुख्य राष्ट्रिय एजेण्डा भएको बताउदै संविधान सर्वस्वीकार्यताका लागि संविधानप्रति असन्तृष्ट रहेका दलहरुलाई सहमतीमा ल्याएर स्थानीय तहको निर्वाचन तर्फ काँग्रेस नेतृत्वको सरकार उन्मुख रहेको बताए । काँग्रेस भित्र आकांक्षी धेरै हुँदा केही विवाद देखिएपनि उम्मेदवारको टुङ्गो लागेपछि विवाद स्वत हल भएको लेखकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ