arrow

सफलता चाहानुहुन्छ ? यी ७ कुरामा ध्यान दिनुहोस

logo
प्रकाशित २०७४ असार ३ शनिबार
success.jpg

एजेन्सी । कयौ पटक हामि आफ्नो सफलताको बारेमा सोचि रहन्छौ तर सफलता भने पाइ रहेका हुदैनौ । किनकि  हामि परिवर्तनको बारेमा बुझ्न सकिरहेका हुदैनौ । यहाँ ७ यस्ता कारणका बारेमा बताइदैछ जसलाई थाहा पाएर तपाई सफल बन्न सक्नुहुनेछ ।

१. सबै भन्दा पहिले सबै परिवर्तन हुन्छ भन्ने समझिनुस ।  चाहे हामि त्यो परिवर्तनलाई अपनाउ वा नअपनाउ, परिवर्तन हुन्छ नै । राम्रो यहि हुनेछ कि हामि आफै परिवर्तनलाई स्विकार गर्न सिकौ ।

२. जीवन यति मात्र होइन । जीवन लामो छ  त्यसैले अघि बढेर परिवर्तनलाई अपनाउनुहोस । नयाँ -नयाँ अनुभव लिनुहोस  । जीवनमा धेरै गर्ने मौका पाउनुहुनेछ ।

३. एकै ठाँउ, आफुलाई सहज हुने स्थान वा कार्यालयमा बसेर अघि  बढ्न मुशकिल हुन्छ । जीवनमा अघि बढ्नलाई आफुलाई बाहिर निकाल्न आवश्यक हुन्छ  । परिवर्तनलाई अपनाउनु पर्नेछ ।

४. बितेको समयलाई बदल्न सकिन्न । तर आउदो समयलाई सुन्दर बनाउन सकिन्छ । यसको लागि अघि बढ्नुहोस् । नयाँ चुनौतिलाई अपनाउनुहोस । सुन्दर भविष्यका कारण कुरुप अतीत पनि ठिक लाग्नेछ ।

५. पुरानो कुरालाई सम्झिएर बस्नु आफैलाई पिडा दिनु हो । तपाईले त्यसो गर्नाले कसैलाई फरक पर्ने छैन । त्यसैले परानो  कुरा विर्सिएर अघि बढ्नुहोस ।

६. अघि बढ्नुको सबैभन्दा फाइदा यसले तपाईको सोचलाई सकारात्मक बनाउनेछ । नयाँ चुनौतीलाई सफलता पूर्वक अपनाउनाले सोच बद्लिन्छ । नयाँ  विचार आउछ । अझ अघि बड्न सहज हुनेछ ।

७. जब अघि बढ्ने बारेमा सोच्दा सधै याद राख्नुहोस नयाँ अवसर तपाईको प्रतिक्षामा छ । तर यी मौका पाउनको लागि अझ बढि रहन आवश्यक छ । तपाई सहज स्थानबाट भने बाहिर निस्कनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ