- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जेनेभा । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि यहाँ रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जेनेभा तालमा नौका बिहार गरेकी छिन् ।
शनिबारै उनले यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनको अवलोकन गरिन् । पुरानो बस्ती भएकाले सो स्थानमा हाल यातायात सञ्चालन हुँदैन ।
उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य उपस्थित थिए ।
‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उनी अन्य भ्रमण कार्यक्रममा सरिक भइन् ।
उनी नेपाल फर्कने क्रममा शनिबार संयुक्त अरब इमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गरिन् । राष्ट्रपति भण्डारी आइतबार साँझ काठमाडौँ आइपुग्दैछिन् ।