arrow

‘मिस हेरिटेज क्वीन– २०१७’ आयोजना हुने 

logo
प्रकाशित २०७४ असार ४ आइतबार
miss_heritage.jpg

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो । 

प्रतियोगिताबारे आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनमा सहभागी गराउने प्रमुख उद्देश्य हाम्रो रहेको छ,’ आयोजक युथ क्रियशन नेपालका अध्यक्ष रवि लामाले भने– ‘प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पनि सम्पदा संरक्षण र प्रवद्र्धनको पाटो कुनै न कुनै माध्यमबाट प्रयोगमा ल्याइनेछ ।’

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन असार ९ गतेसम्म आवेदन माग गरिएको छ । असार १० गते छनोट र १२ गतेदेखि तालिम सुरु हुनेछ भने साउन ५ गते अन्तिम प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुनेछ । आवेदन फाराम युथ क्रिएशन नेपालको कार्यालय पुतलीसडकमा पाइनेछ । 

मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइने युथ क्रिएशन नेपालकी कार्यक्रम निर्देशन एन्जिला तामाङले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकारहरु दामोदर लामा, फुर्साङ लामा, पशुपती केसी र कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए । यसैगरी नृत्य प्रशिक्षक बुद्ध लामा, अन्नपूर्ण पोष्ट दैनिकका मार्केटिङ अफिसर भानु थोकर, मामाभान्जा गार्डेन रेष्ट्रोका प्रोपाइटर बबिन लामा, बिनोद कुमार लामा, नेपाली चलचित्र निर्माता अमृत तामाङ, नेपाल तामाङ संकृति घेदुङका अध्यक्ष प्रेम लो तामाङ लगायतले सफलतको शुभकामना दिएका थिए । सहभागी प्रतिस्पर्धीहरुलाई तालिमको अवधिमा विविध व्यक्तित्वबाट प्रशिक्षण दिलाउने कार्यक्रम संयोजक शिल्प तामाङले बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ