arrow

रक्तदानले महिलाको ज्यान बच्यो

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Rukum.jpg.jpeg
दिलिप खड्का, रुकुम। रुकुममा अत्याधिक रक्तश्रावबाट ज्यान जोखिममा परेकी एक महिलाको स्थानिय व्यक्तिहरुले रगत दान गरेपछि उनको ज्यान वच्न सफल भएको छ। खोलागाउ गाविस वडा नं. ६ कि २६ वर्षिय विर्मी डाँगीलाई स्थानिय चारजना व्यक्तिले ४ पिन्ट रगत दान गरेपछि उनको ज्यान बच्न सफल भएको हो। 
 
रक्तदान गर्नेमा स्थानिय २६ वर्षिय शिक्षक राम वहादुर वली, २२ वर्षिय टेक वहादुर परियार, २१ वर्षिय खकेन्द्र वली र २० वर्षिय डण्डवीर के.सी. हुन। घरेलु उपचार अपनाईरहेको बेला छिमेकी प्रेम वहादुर केसीको पहलमा डांगीलाई चौरजहारी अस्पतालमा भर्ना गरी रगत दान गरिएको हो।
 
सामान्य तया स्वस्थ व्यक्तिको शरीरमा ११ देखि १४ होमोग्लोविन हुनु पर्नेमा डांगीको शरिरमा अत्यधिक रक्तश्राव भई २ ग्राम मात्र रगतको मात्रा रहेको अस्पतालका वाल रोग विशेषज्ञ डा. कालिव वुढाले जानकारी दिए। ३ जना छोरीको जन्म दिएकी डांगीका श्रीमान भारतमा मजदुरी गर्न गएका छन्।
 
रुकुममा ब्लड वैंक नहुदा विभिन्न समयमा रक्तअल्पता सम्वन्धि समस्या भएका व्यक्तीहरुको ज्यान जोखिममा पर्ने गरेको छ। चौरजहारी अस्पताल र नेपाल रेडक्रस शोसाईटी उपशाखा चौरजहारीले रगत संकलनको लागी विगतका वर्षहरुमा शिविर मार्फत करिव ३ सय व्यक्तिहरुको रगत समुह छनौट गरेको भएपनि उनीहरुमध्येबाट हालसम्म कसैले पनि रगत दान गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ