arrow

सुदूरपश्चिममा तीन लाख ७६ हजार बालबालिकालाई खोप दिइने

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Measles-Vaccine.jpg.jpeg
धनगढी । चौथो चरणको दादुरा–रुबेला खोप अभियान ०७२÷७३ अन्तर्गत सुदूरपश्चिमाञ्चलका जन्मेदेखि पाँच वर्षमुनिका झन्डै तीन लाख ७६ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप दिइने भएको छ । 
 
अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानका संयोजक डा जगतनारायण गिरीले खोप अभियानका क्रममा सुदूरपश्चिमाञ्चलका नौ महिनादेखि पाँच वर्षसम्मका तीन लाख ७६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोपसमेत दिइन लागिएको जानकारी दिए । खोप पाउनेमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा एक लाख चार हजार बालबालिका रहेका छन् । सरकारले प्रत्येक चार वर्षमा अभियानकै रुपमा सञ्चालन गर्ने गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान यस वर्ष आगामी माघ २४ गतेदेखि सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबाट सुरु गर्न लागिएको हो । 
 
चौथो चरणको खोप अभियान देशभरिका जम्मा ६१ जिल्लामा सञ्चालन हुन लागेको बताइएको छ । यसअघि भूकम्प प्रभावित १४ जिल्लामा यो अभियान सम्पन्न भइसकेको छ । बाल मृत्यु दर घटाउन सरकारले थालेको खोप कार्यक्रम प्रभावकारी देखिएको बताइएको छ । बाल स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार देशभरि चरणबद्ध रुपमा बालबालिकालाई दिइने खोपबाट ८७ प्रतिशत सफलता मिलेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म यो रोग निवारण गर्ने लक्ष्य लिएकामा नेपालमा सन् २०१९ अर्थात् एक वर्षअगावै यो रोग निवारण गर्ने लक्ष्य लिइएको डा गिरीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ